भुलभुला आधारभुत विद्यालयमा युनाइटेड क्लबको पुस्तकालय
पाेखरा | बैशाख ४, २०८०
पोखरा: युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ ।
क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताहव्यापी कार्यक्रम अन्तरगत आइतबार भुलभुला आधारभुत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो ।
पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको संरक्षण र पुस्तकालयमा पुस्तकको ब्यवस्थाको लागि आफ्नो वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले वडाको विकासका लागि आफु हरदम लागीरहेको बताउदै भुलभुला देवी मन्दिर रहेको स्थानलाई पर्यटकीय स्थल बनाउन सकेको खण्डमा पुँडिटारमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिने उल्लेख गरे ।
युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आईरहेको सन्दर्भमा पोखरा ३३ तल्लो पुंडीटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरि शिक्षाको स्तरोन्नतीमा पुर्याएको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।
यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर पोखरेलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे ।
विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले पोखरा महानगरपालिका भित्र रहेतापनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्गथामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पुस्तकालय स्थापना गरेकोमा युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरे । ३३ नम्बर वडा महानगरको पनि कर्णाली जस्तो दुरदराजमा रहेकाले विद्यार्थी संख्या न्युन रहेको उनको भनाइ रहेको थियो ।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा काम गर्दै आइरहदा एकदर्जन वढी सामुदायिक विद्यालयहरुमा अक्षयकोष, छात्रावृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामाग्री बितरण जस्ता कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा भुलभुला आधारभुत विद्यालयमा आएर पुस्तकालय स्थापना गर्न पाउदा खुसी लागेको बताउदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उज्जवल भविष्यको समेत कामना गरे ।
युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुलभुला सामुदायिक बनका अध्यक्ष बैकुण्ठ गोदार, भुलभुला आमा समुहकी अध्यक्ष इश्वरी पोखरेल लगायतले बोलेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले गरेका थिए ।
क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश तिमिल्सिनाले धन्यवाद मन्तव्य राखेका थिए ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

